निर्वाचन आयोगले तोक्यो ३ दिनको सीमा

भक्तपुर न्यूज

१३ असार २०७४ ०:३६

निर्वाचन आयोगले तोक्यो ३ दिनको सीमा

काठमाडौं, १३ असार । निर्वाचन आयोगले गाउँ तथा नगरसभाको निर्वाचन भएका जिल्लाहरुमा तीन दिनभित्र जिल्लासभाको बैठक बोलाउन निर्देशन सहितको समय तोकेको छ ।

जिल्लासभाको पहिलो बैठकबाट जिल्ला समन्वय समितिमा रहने सदस्य संख्या निर्धारण गरी त्यसको जानकारी आयोगमा पठाउनस्थानीय विकास अधिकारीहरुलाई निर्देशन दिइएको आयोगले जनाएको छ ।

जिल्लासभाको बैठक कसले बोलाउने भन्ने किटानी व्यवस्था नभएकाले जिल्लासभाको बैठक बस्न सकेको थिएन । यसले जिल्ला समन्वय समितिको निर्वाचनसम्बन्धी कारबाही अगाडि बढाउन सकेको छैन । संविधानको धारा २२० को उपधारा ३० मा जिल्लासभाले बढीमा नौजना सदस्य रहेको जिल्ला समन्वय समितिको निर्वाचन गर्ने व्यवस्था छ ।

यसका लागि जिल्लासभाको बैठक बसी सदस्य संख्या निर्धारण गर्नुपर्नेछ । साथै गाउँसभा र नगरसभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले तीस दिनभित्र जिल्ला सभाको बैठक बस्ने व्यवस्था रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *