भारतीय दूतावासमा विप्लव समूहको विरोध प्रदर्शन

भक्तपुर न्यूज

१२ असार २०७४ ११:३९

भारतीय दूतावासमा विप्लव समूहको विरोध प्रदर्शन

काठमाडौं, १२ असार । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दार्जीलिङमा दमन गरिएको भन्दै  भारतीय दूताबास अगाडि विरोध प्रदर्शन गरेको छ । नेकपाका नेताहरु धर्मेन्द्र बास्तोलाको नेतृत्वमा जुलुससहित लैनचौर पुगेका थिए । विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपाका स्थायी कमिटी सदस्य बास्तोलाले नेपाली भाषी भएकै कारण दमन भएको र यो मानवअधिकारको घोर उल्लंघन भएको बताए ।

भारतकै अन्य राज्यका जनताले आन्दोलन गर्दा सुनुवाई भएपनि दार्जीलिङमा दमन भएको भन्दै उनले गोर्खाल्याण्डको मागलाई नेपालसँग जोडेर नहेर्न आग्रह गरे ।  नेकपाले दूताबासमार्फत भारतीय प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *