राष्ट्रियसभाबाट आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित

भक्तपुर न्यूज

२८ असार २०८० ११:०५

राष्ट्रियसभाबाट आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित

काठमाडौं । राष्ट्रियसभाबाट आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित गरेको छ। राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो।

प्रतिनिधिसभाले पारित गरी राष्ट्रियसभामा पठाएको बजेटमाथिको छलफल समाप्त भएको थियो। छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिएपछि विनियोजन विधेयकअन्तर्गत विभिन्न शीर्षकहरुमा प्राप्त खर्च कटौतीको प्रस्तावलाई राष्ट्रियसभा अध्यक्षले निर्णयार्थ प्रस्तुत गरेका थिए।

प्रकाशित मितिः २०८० असार २८ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय