लम्पी स्किनबाट नेपालमा ७ लाख ८२ हजारभन्दा बढी पशु संक्रमित

भक्तपुर न्यूज

२८ असार २०८० १०:३१

लम्पी स्किनबाट नेपालमा ७ लाख ८२ हजारभन्दा बढी पशु संक्रमित

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसालले पुश चौपायमा देखिएको लम्पी स्किनको समस्या समाधानका लागि सरकारले आवश्यक सबै उपाय अपनाएको दाबी गरेका छन् ।

बिहीवार बसेको राष्ट्रिय सभाको बैठकमा उठेको प्रश्नहरुको जवाफ दिँदै उनले लम्पी स्किन रोगको नियन्त्रणका लागि मन्त्रालयबाट सम्भव भएसम्मका सबै प्रयास गरेको बताएका हुन् ।

लम्पी स्किन हाल देशका सबै जिल्लामा देखा परेको जानकारी दिदैँ मन्त्री भुसालले आजसम्म ७ लाख ८२ हजारभन्दा बढी पशु संक्रमित भएको जानकारी दिए ।  उनले भने ‘हालसम्म ७ लाख ८२ हजार १ ८४ पशु संक्रमति भएका छन् । संक्रमति मध्ये २८ हजार १ पशुको मृत्यु भएको छ भने ५ लाख २१ हजार ८ सय १४ निको भएका छन् । २ लाख ३२ हजार ३ सय ९ अहिले पनि संक्रमित अवस्थामा छन् ।’

प्रकाशित मितिः २०८० असार २८ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय