शरद गौचनको हत्यामा समीरमान सिंह बस्नेतलाई जन्मकैद

भक्तपुर न्यूज

२० असार २०८० १२:३५

शरद गौचनको हत्यामा समीरमान सिंह बस्नेतलाई जन्मकैद

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्यामा सलंग्न भएको आरोपमा समिरमान बस्नेतलाई जन्मकैद भएको छ।

काठमाडौं जिल्ला अदाललते बुधबार मुख्य योजनाकार भनिएका बस्नेत र काले भन्ने अमरबहादुर रानालाई जन्मकैदको फैसला सुनाएको हो। गौचनलाई काठमाडौंको शान्तीनगरमा दिनदहाडै गोली हानी हत्या भएको थियो।

लोप्साङ लामा भन्ने सोम तामाङलाई १५ वर्ष तथा धनराज योङहाङ, श्यामबहादुर गुम्बी र राजिव तामाङ भन्ने राजिव स्याङ्तानलाई जनहीँ ५ वर्ष कैदको सजाय भएको छ। माया शेरचनलाई १० वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना गरिएको छ।

यो प्रकरणमा ७ जनाले सफाई पाएका छन्। प्रकाश बुढाथोकी, सन्तोष गुरुङ, शिवजी महतो, राजकुमार शाह, मुकेशकुमार पान्डे, श्याम गुप्ता र सुर्यबहादुर बाजीलाई सफाई दिइएको हो। यो घटनामा ७ जना फरार छन्।

उनीहरुको हकमा फैसला भएको छैन। गत असार १२ गते कसुर ठहर भएकामा सजाय निर्धारण बुधबार भएको हो। यो घटनामा प्रतिवादी बनाइएका मनोज पुन र बसन्त थेवेको मृत्यु भएको भन्दै दावी खारेज गरिएको छ।

प्रकाशित मितिः २०८० असार २० बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय