सर्वोच्चको न्यायाधीश नियुक्तिमा बाहिरबाट ल्याउने कार्य रोक्न माग

भक्तपुर न्यूज

१९ असार २०८० १०:३६

सर्वोच्चको न्यायाधीश नियुक्तिमा बाहिरबाट ल्याउने कार्य रोक्न माग

काठमाडौं । सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति गर्दा उच्च अदालतमा काम गरेका न्यायाधीशबाट मात्रै छनोट गर्नुपर्ने दाबी सरकारी वकिलको समूहले गरेको छ। महान्यायाधिवक्ता कार्यालयमा कार्यरत सरकारी वकिल समूह अन्तर्गतका कर्मचारी संगठनले सर्वोच्चको न्यायाधीश नियुक्तिमा बाहिरबाट ल्याउने कार्य रोक्न माग गरेका हुन्।

महान्यायाधिवक्ताको कार्यालय विभागीय समितिअन्तर्गत नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका अध्यक्ष जीवन अधिकारी, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष ताराप्रसाद ओली र नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष देवराज पौडेलद्वारा जारी विज्ञप्तिमा उक्त माग गरिएको हो।

प्रकाशित मितिः २०८० असार १९ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय