च्यातिएका मतपत्र सर्वोच्च ल्याईने

भक्तपुर न्यूज

१२ असार २०७४ ०:४२

च्यातिएका मतपत्र सर्वोच्च ल्याईने

काठमाडौ, १२ असार । मतगणनाका क्रममा च्यातिएको भरतपुर महानगरपालिका वडा नं. १९ को मतपत्र भोली मंगलबार सर्वोच्च अदालत ल्याउने तयारी भएको छ । मतगणना सुचारु गर्न माग गर्दै परेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले च्यातिएका मतपत्र एक साताभित्र झिकाउन आदेश दिएको थियो । सर्वोच्चले मागेको कागजपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार पठाउने भएका हुन् ।

भरतपुरमा आयोजित सर्वदलीय बैठकले मंगलबार बिहान ७ बजे च्यातिएका मतपत्र झिकेर मतपेटिकामा राखी शिल गर्ने र सर्वोच्च पठाउने सहमति गरेको छ । मंगलबार बिहान ८ः१५ को फ्लाइटबाट सुरक्षाकर्मीसहित च्यातिएका मतपत्र, निर्वाचन आयोगलाई बुझाइएको प्रतिवेदन, मतगणना स्थगित गरेको मुचुल्का लगायत पठाउने सहमति भएको सहायक मतदान अधिकृत गम्भीर घिमिरेले बताए ।

मतपत्र च्यात्ने माओवादी कार्यकर्तामाथि लगाइएको मुद्दाको फाइल र तत्कालिन अवस्थाको प्रहरीको प्रतिवेदन पनि पठाइने छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सर्वोच्चले मागे अनुरुपका प्रहरीले दिएका सबै प्रतिवेदन पठाइने जानकारी दिए

भरतपुर महानगरपालिका वडा नं. १९ को मतगणना जारी रहेको बेला माओवादी कार्यकर्ताले मतपत्र च्यातेका थिए । ९० मतपत्र च्यातिएको पाइएको छ । निर्वाचन आयोगले वडा नं. १९ मा पुन मतदान गर्ने निर्णय गरेपछि यो विवाद सर्वोच्चमा पुगेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *