सुनचाँदीको मूल्य बढ्यो आज
काठमाडौं, ११ असार । सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ५४ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ सय रुपैयाँले बढेर ५४ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्यमा पनि ५ रुपैयाँ बढेको छ । शुक्रबार ७ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर ७ सय ४५ मा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
