बिहीबारदेखि स्थगित कर्णाली प्रदेशसभाको बैठक आइतबार बस्ने

भक्तपुर न्यूज

१६ असार २०८० १०:०७

बिहीबारदेखि स्थगित कर्णाली प्रदेशसभाको बैठक आइतबार बस्ने

काठमाडौं । बिहीबारबाट स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आइतबार बस्ने भएको छ। प्रदेशसभा सचिवालयले सूचना जारी गरी विशेष कारण बिहीबारदेखि स्थगित बैठक आइतबार बस्ने गरी तय गरिएको जनाएको हो।

प्रदेशसभाको अर्को बैठक आगामी १७ असार आइतबार बस्ने प्रदेशसभा सचिव बुढाथोकीले जानकारी दिए। यसअघि बुधबार प्रमुख प्रतिपक्षी दल एमालेले बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संसद अवरुद्ध गरेको थियो।

बजेट संशोधन नभएसम्म संसद अवरुद्ध गर्ने एमालेले चेतावनी दिँदै आएको छ। संसदमा एमालेको अवरोध हटाउन पटक-पटक छलफल भए पनि कुनै ठोस निर्णय हुन सकेको छैन।

प्रकाशित मितिः २०८० असार १६ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय