आदिवासी जनजातिको सहभागिता सन्तोषजनक नभएको सभापति देउवाको टिप्पणी

भक्तपुर न्यूज

१५ असार २०८० ९:२२

आदिवासी जनजातिको सहभागिता सन्तोषजनक नभएको सभापति देउवाको टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न क्षेत्रमा आदिवासी जनजातिको सहभागिता सन्तोषजनक नभएको टिप्पणी गरेका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ केन्द्रीय कार्यसमितिले आयोजना गरेको दुईदिने राष्ट्रिय प्रशिक्षण कार्यक्रममा सभापति देउवाले आदिवासीको भाषा संस्कृतिको संरक्षणले राज्यलाई नै फाईदा हुने भन्दै सहभागिता भने सन्तोषजनक नभएको टिप्पणी गरे ।

उनले न्याय स्वतन्त्रता र समानताका लागि नेपालमा प्रजातन्त्र लोकतन्त्र गणतन्त्रको आत्मासाथ गर्दै कांग्रेसले समावेशी मुद्दामा जोडदार रुपमा उठाएको दावी गरे ।

प्रकाशित मितिः २०८० असार १५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय