आजदेखि ३५ जिल्लाका शिक्षणसंस्था बन्द

भक्तपुर न्यूज

११ असार २०७४ ४:५६

आजदेखि ३५ जिल्लाका शिक्षणसंस्था बन्द

काठमाडौं, ११ असार । स्थानीय तह दोस्रो चरणको निर्वाचनअन्तर्गत असार १४ गते हुने निर्वाचनलाई लक्षित गरी आजदेखि शिक्षणसंस्था बन्द हुने भएका छन् ।
निर्वाचनलाई लक्षित गर्दै प्रदेश १, ५ र ७ का ३५ जिल्लाका शिक्षणसंस्था आजदेखि चार दिन बन्द रहने भएका हुन् ।
निर्वाचन आयोगको सिफारिसमा मन्त्रिपरिषद्को असार ८ गते बसेको बैठकले शिक्षण संस्था चार दिन बन्द गर्ने तथा असार १४ गते एक दिन तीनै वटा प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *