सीटीईभीटीमा चर्को शुल्क

भक्तपुर न्यूज

११ असार २०७४ ४:५३

सीटीईभीटीमा चर्को शुल्क

भक्तपुर ११ असार । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले परीक्षा खर्च भन्दै विद्यार्थीसँग चर्को रकम असुल गर्दै आईरहेको छ । परिषद्ले प्रति विद्यार्थी एक फारमको एक हजार पाँच सय रुपैयाँ उठाइरहेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।
प्राविधिक विषयमा कम शुल्क लिएर विद्यार्थी आकर्षित गर्नुपर्नेमा सीटीईभीटीले गत बर्षभन्दा ५ सय रुपैयाँ बढाएर फारम विक्रि गरिरहेको छ । साधारणतर्फको ११ कक्षामा भर्ना एक सय २५ रुपैयाँ लिइरहेको छ भने, प्राविधिक शिक्षा अध्ययन गर्न चाहनेले थप १ हजार ३ सय ७५ रुपैयाँ तिर्नुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *