पेट्रोल पम्प व्यवसायी आन्दोलित
काठमाडौं, १० असार । नेपाल आयल निगमले ईन्धनको परिणममा ठगी गरेको भन्दै बाग्मति पेट्रोलियम डिलर एशोसियशनले आईतवार देखि तीन दिनसम्म पेट्रोलको विक्रि वितरण नगर्ने घोषणा गरेको छ ।
एशोसियसनको शनिवार विहान काठमाडौंमा बसेको बैठकले आइतवार देखि मंगलवारसम्म काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ, काभ्रे लगायत बाग्मति अञ्चलभित्रका जिल्लामा पेट्रोल विक्रि वितरण नगर्ने निर्णय गरेको हो ।
एशोसियसनका अध्यक्ष अच्यूत बहादुर खड्काका अनुसार ४ हजार लिटर पेट्रोलमा ९९ लिटर कम ईन्धन निगमले उपलब्ध गराएको गुणस्तर तथा नापतौल विभागको अनुमगनबाट पुष्टि भएको जानकारी दिए ।
९९ लिटर कम ईन्धन वितरण गरेको निगमले उक्त परिणाम व्यबसायीलाई उपलब्ध गराउन आनाकानी गरेको विरोधमा एशोसियसनले आन्दोलनको घोषणा गरेको जनाएको छ । मंगलवारसम्म आयल निगमले आफ्ना मागको सम्बोधन नगरे बुधवार देखि देशभर नै पेट्रोल पम्प बन्द गरी पेट्रोलसहित डिजेल पनि अनिश्चितकालसम्म विक्रि वितरण नगर्ने चेतावनी दिएको छ ।