संविधान संशोधनमा एमाले तयार : ओली
बिराटनगर, १० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनाव सम्पन्न भएपछि संविधान संशोधनको प्रस्ताव मुुलुुकको हितमा आए एमाले छलफल गर्न तयार रहेको बताएका छन् ।
बिराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले संविधान संशोधनका लागि उपयुुक्त प्रस्ताव आएको खण्डमा एमाले लचक हुने संकेत गरे । ओलीले भने– संविधान परिवर्तनशील हुन्छ, तर संसोधन गर्दा मुलुक हित हुने र जनताको पक्षमा हुनु आवश्य छ ।’ राष्ट्रिय जनता पार्टीले स्वतन्त्र रुपमा उमेदवारी दिएर दोस्रो चरणकोे निर्वाचनमा सहभागी हुुनुु मुलुकका लागि सकारात्मक रहेको ओलीले बताए ।
विभिन्न परिस्थितिका कारण राजपाले स्वतन्त्र उमेदवारी दिनुुपर्ने अवस्था आएको भन्दै ओलीले निर्वाचनमा सबै पक्षको सहभागिता हुुन सकरात्मक भएको बताए । एमाले अध्यक्ष ओलीले निषेधको राजनीति गरेर कसैलाई फाइदा नपुुग्ने भएकाले आफूुलाई सच्याएर लोकतान्त्रिक बाटोमा आउन राजपालाई आग्रह समेत गरे । नेकपा एमाले मधेसी जनताको हितको पक्षमा रहेको ओलीले बताए ।