सुदुरपश्चिमको लोडसेडिङ अन्त्य गर्छु : घिसिङ

भक्तपुर न्यूज

१० असार २०७४ ६:११

सुदुरपश्चिमको लोडसेडिङ अन्त्य गर्छु : घिसिङ

काठमाडौं, १० असार । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुदुरपश्चिमको लोडसेडिङ तत्कालै अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज शनिबार विहान भएको भेटवार्तामा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । भेटमा कार्यकारी निर्देशक घिसिङले सुदुरपश्चिममा ट्रान्समिसन र ट्रान्सफर्मरको समस्या रहेको बताउँदै तीन–चार दिनभित्रै प्रविधिमा सुधार गरी सुदुरपश्चिमको लोडसेडिङ अन्त्य गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

सुदुरपश्च्मिबाट फर्किउपछि शनिबार पूर्वप्रधानमन्त्री समेत रहेको अध्यक्ष दाहालले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसँग सुदुरपश्चिमको  विद्युतिकरणका बिषयमा छलफल गरेका थिए । घेघाटमा आफूलाई कञ्चनपुरका स्थानीय जनताले देशका अधिकांश ठाउँमा लोडसेडिङ हटेपनि सुदुरपश्चिममा लोडसेडिङ अन्त्य नभएको गुनासो गरेको अध्यष दाहालले बतााएका थिए । स्थानीय जनताको गुनासो सुनेपछि दाहालले सार्वजनिक मञ्चबाटै काठमाडौं फर्केलगत्तै सुदुरपश्चिमको लोडसेडिङ अन्त्य गर्न विशेष पहल गर्ने घोषणा गरेका थिए ।

शनिबार बिहान धनगढीबाट काठमाडौं आएका दाहालले घिसिङलाई आफू काठमाडौं आइपुग्दा लाजिम्पाट आउन हिजो नै
आग्रह गरेका थिए । काठमाडौं आएलगत्तै अध्यक्षले कार्यकारी निर्देशक घिसिङसँग सुदुरपश्चिममा लोडसेडिङको समस्या कम नभएको जानकारी गराउँदै तुरुन्त लोडसेडिङ अन्त्य गर्न आग्रह गरेका हुन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *