ओमान श्रीलंकाविरुद्ध ९८ रनमा अलआउट

भक्तपुर न्यूज

८ असार २०८० १०:३३

ओमान श्रीलंकाविरुद्ध ९८ रनमा अलआउट

काठमाडौं । जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत श्रीलंकाले ओमानलाई ९८ रनमै अलआउट गरेको छ । समूह ‘बी’ अन्तर्गत टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३० ओभर २ बलमा ९८ रन जोड्दा अलआउट भएको हो ।

ओमानका लागि आयान खानले सर्वाधिक ४१ रन तथा जतिन्दर सिंहले २१ रन बनाए । श्रीलंकाका लागि वानिन्दु हसरंगाले ५ र लाहिरु कुमाराले ३ विकेट हात पारे । कसुन राजिथाले १ विकेट लिए ।

प्रकाशित मितिः २०८० असार ०८ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय