सेनाद्धारा बम निष्क्रिय

भक्तपुर न्यूज

१० असार २०७४ ५:४२

सेनाद्धारा बम निष्क्रिय

 

काठमाडौं, १० असार । नवलपारासीको बर्दघाट नगरपालिकाका एमाले मेयर उम्मेदवारको घरमा बम फेला परेको छ । मेयर उम्मेदवार धिरज शर्माको घरमा शनिबार बिहानै बम फेला परेको हो ।

बम राखेको जानकारी पाएलगत्तै पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय पारेको छ । सेनाले बेलैमा बम निष्क्रिय पारेकाले अप्रिय घटना हुनबाट जोगिएका छन् । बम कसले र किन राख्यो भन्ने विषयमा केही खुलेको छैन । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय