ग्लोबल आइएमई र रिलायबलबीच सहमति
काठमाडौं, १० असार । ग्लोबल आइएमई बैंक लिमिटेडको विशेष साधारण सभाले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने सम्बन्धि विषेश प्रस्ताव पारित गरेको छ । काठमाडौमा बसेको विशेष साधारणसभाले सो प्रस्ताव पारित गरेको बैंकले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ । बिगत ११ वर्षदेखि बैंकिङ्ग कारोबार गर्दै आएको रिलायबल डेभलपमेन्ट बैंकको चुँक्ता पूँजी १ अर्ब १ करोड ४ लाख रहेको छ ।
सभाले रिलायबल डेभलपमेन्ट बैंक लि. को १०० कित्ता शेयरलाई ग्लोबल आइएमई बैंक लि. को ८२ दशमलव ९० कित्ता शेयर दिने गरी शेयर स्वाप अनुपात कायम गर्नेसहितको विषेश प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । सो प्राप्ती पश्चात् ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी ८ अर्ब ८ करोड ३ लाख पुग्नेछ भने शाखा संख्या ११२, एटिएम ११४, ५ वटा एक्सटेन्सन काउण्टर, ४६ शाखारहित बैंकिङ्ग सेवा तथा ग्राहक संख्या ७ लाख भन्दा बढि पुग्नेछ । साथै यहि असार मसान्त सम्ममा दुबैं बैंकवीच एकिकृत कारोबार गर्ने लक्ष्य ग्लोबल आइएमई बैंकले लिएको छ ।