नेपाल चलचित्र संघद्धारा मेयर बालेनविरुद्ध मुद्दा दायर गर्ने निर्णय

भक्तपुर न्यूज

४ असार २०८० ११:५१

नेपाल चलचित्र संघद्धारा मेयर बालेनविरुद्ध मुद्दा दायर गर्ने निर्णय

काठमाडौं । नेपाल चलचित्र संघले काठमाडौं महानगरपालिका मेयर बालेन शाहविरुद्ध अदालतमा मुद्दा दायर गर्ने निर्णय गरेको छ । आज बसेको संघको बैठकले मेयर बालेनविरुद्ध मुद्धा दायर गर्ने निर्णय गरेको हो ।

काठमाडौं महानगरपालिकाले हिन्दी सिनेमा प्रदर्शन गर्न नदिएपछि सिनेमा हल व्यवसायीहरू अदालत जाने भएका हुन् । काठमाडौं महानगरपालिकाभित्रका सिनेमा घरमा आजबाट हिन्दी सिनेमा चलाउन नदिने कामपा मेयर बालेन शाहले बताएपछि सिनेमा घर सञ्चालकहरू अदालत जान लागेका हुन् ।

एउटा फिल्मको फेसबुक स्टाटसका आधारमा सम्पूर्ण हिन्दी सिनेमाको प्रदर्शन रोकिने अवस्था आएको र संघीय सरकारले हिन्दी सिनेमा ‘आदिपुरुष’ सेन्सर गरेर चलाउन अनुमति दिएको अवस्थामा स्थानीय सरकारले रोक्न मिल्छ कि मिल्दैन भन्दै अधिकार क्षेत्र स्पष्ट हुन आवश्यक रहेको सिनेमा हल व्यवसायी तथा वितरक गोपालकाजी कायस्थले बताए ।

यस सम्बन्धि कानुन व्यवसायीहरूसँग छलफल भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मितिः २०८० असार ०४ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय