एजेन्सी, ९ असार । बेलायती प्रधानमन्त्री टेरेजा मेले इयुबाट बाहिरिएपछि आफ्नो मुलुकमा बसोबास गर्दै आएका लाखौं युरोपेली नागरिकले पनि बेलायती सरह नै अधिकार पाउने महत्वकांक्षी योजना प्रस्तुत गरेका छन् । बेल्जियमको राजधानी ब्रेसेल्समा आयोजित एक कार्यक्रममा इयु नेता समक्ष मेले बेलायतमा ५ बर्षदेखि बसोबास गर्दै आएका युरोपेली नागरिकले बेलायती सरह नै सेवा सुविधा प्राप्त गर्ने बताएका हुन् ।
मे का अनुसार इयु आवद्ध मुलुकका नागरिकलाई सेटल्ड इयु भनी आप्रवासी हैसियत दिइने र उनीहरुले बेलायती नागरिक सरह स्वास्थ्य, शिक्षा र पेन्सनजस्ता सुविधा उपभोग गर्न पाउने व्यवस्था मिलाइनेछ । मेले बेलायतमा हाल बसोबास गर्दै आएका युरोपेली नागरिकले बेलायत छाड्नुपर्ने भनी प्रचारमा आएका कुरा निराधार रहेको बताए । बेलायतमा हाल रहेका करीब ३२ लाख युरोपेली बसोवास गरिरहेका छन् ।
युरोपेली नागरिकले पनि बेलायती नागरिक सरह नै अधिकार पाउने
0
Share.
Comments