४ दिन शैक्षिक संस्था विदा, निर्वाचनका दिन सार्वजनिक विदा
काठमाडौं, ९ असार । सरकारले दोस्रो चरणअन्तर्गतको स्थानीय तहको निर्वाचन अवधीमा सम्बन्धित प्रदेशका सबै शैक्षिक संस्थाहरुलाई चार दिन बिदा दिने भएको छ । गृह मन्त्रालयले सूचना जारी गर्दै निर्वाचन हुने तीन प्रदेश नम्बर १, ५ र ७ मा चुनावका लागि चार दिन शैक्षिक संस्थामा बिदा दिने भएको हो । सम्बन्धित प्रदेशका सम्पूर्ण शैक्षिक संस्था असार ११ देखि १४ गतेसम्म बिदा रहने छ ।
यस्तै सरकारले मतदान गर्ने दिन सम्बन्धित प्रदेशमा सार्वजनिक विदा दिने भएको छ । प्रदेश नं. १, ५ र ७ मा यही असार १४ गते सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
८ वैशाख २०८२ १४:०८
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला
८ वैशाख २०८२ १४:२४
सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षमा निधन
९ वैशाख २०८२ १७:१०