नेताहरुलाई प्रचार प्रसार गर्न भ्याई नभ्याई

भक्तपुर न्यूज

९ असार २०७४ ६:१७

नेताहरुलाई प्रचार प्रसार गर्न भ्याई नभ्याई

काठमाडौँ ९ असार । दोस्रो चरणको निर्वाचन प्रसार प्रसार गर्ने समय सकिन २ दिन मात्र बाँकी रहँदा सबैलाई प्रचार प्रसार गर्न भ्याई नभ्याई बनेको छ । यती बेला निर्वाचन हुने ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहको चु्नाब प्रचारले तिब्रता पाएको छ । काँग्रेस सभापति एवम प्रधानमन्त्री शेर बहादुर देउवा आज धनगढी जाँदै छन् भने कांँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि हिजैबाट प्रदेश न्म्बर ५ का विभिन्न जिल्लामा सक्रिय रहेकाछन् ।

एमाले केपी ओली गृह जिल्लामा ३ दिन चुनावी सभा गरेर फर्किसकेका छन् भने कांँग्रेस नेता सिटौला भने केहिदिनयता गृहजिल्ला झापामै व्यस्त रहेका छन् । एमाले वरिष्ठ नेता एवम पुर्व प्रधानमन्त्री झलनाथ खनाल ईलामका विभिन्न स्थानमा व्यस्त रहँदा अर्का पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल आज उदयपुर, बिराटनगर लगायतका स्थान जाने कार्यक्रम छ ।

माओवादी केन्द्रका अध्यक्ष एवम पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल आज पनि पशिचमका जिल्लाहरुमा व्यस्त रहेको उनको नीजि सचिवालयले जनाएको छ । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय कुमार गच्छेदार मोरङ सुनसरी लगायतका जिल्लामा व्यस्त रहेका छन् । संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, साझा पार्टीका अध्यक्ष रबिन्द्र मिश्र र विवेकशील पार्टीकी रञ्जु दर्शनापनि चुनावी प्रचारका क्रममा पुर्वका विभिन्न जिल्लामा निस्किएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *