आज आधा घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने
काठमाडौं, ९ असार । आज आधा घण्टाका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द हुने भएको छ । अपरान्ह साढे चार बजेबाट पाँच बजेसम्म विमानस्थल बन्द हुने बन्द हुने विमानस्थलका अधिकारीहरुले जनाएका छन् । त्यसबेला कुनै पनि उडान र अवतरण नहुने जनाइएको छ ।
अन्तराष्ट्रिय नागरिक उड्यन संस्था आइकाओको नियममा प्रत्येक दुई बर्षमा अन्तराष्ट्रिय मान्यता पाएका विमानस्थलले ‘फुल स्केल इमर्जेन्सी एक्सरसाइज’ गर्नुपर्ने र यही नियम अनुसार आज आधा घण्टा विमानस्थल बन्द हुन थालेको हो ।
यस्तो बेला विमानस्थलको दूर्घटना उद्दार क्षमता कति छ भन्ने जाँच गरिने र यस अवधिमा दमकल पनि तयारी अवस्थामा राखिने विमानस्थलका अधिकारीहरुले जनाए । यो समयमा कुनै विमान दुर्घटना भएको रुपमा लिइन्छ र उद्दार गरिन्छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ जेठ २०८२ १२:२२
अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीको हत्या
९ जेठ २०८२ १२:२०
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
९ जेठ २०८२ १२:२४
आज सुन तोलामा १७ सय रुपैयाँ वृद्धि
९ जेठ २०८२ १२:२५
संसदीय छानविन प्रतिवेदन अख्तियारमा पठाइने
९ जेठ २०८२ १२:२१