सुरक्षाकर्मीको उम्मेदवारलाई धम्की

भक्तपुर न्यूज

८ असार २०७४ १२:५१

सुरक्षाकर्मीको उम्मेदवारलाई धम्की

डोटी, ८ असार । डोटीको बड्डी केदार गाउँपालिकामा खटिएका नेपाली सेनाका क्याप्टेन र शसस्त्र प्रहरीका ईन्सपेक्टरले माओवादी केन्द्रका उम्मेदवारलाई धम्क्याएको पीडितले बताएका छन् । मंगलबार साँझ क्याप्टेन ध्रुब बहादुर राणा र शसस्त्र प्रहरीका ईन्सपेक्टर धनसिंह महराले माओबादी केन्द्रका बड्डी केदार गाउँपालिकाका अध्यक्षका उम्मेदवार जंग बिक९शैलेन्द्र० लाई भेटेर धम्क्याएको आरोप छ ।

बर्छैनमा रहेको राजु गेष्ट हाउसमा बसेका माओवादी केन्द्रका उम्मेदवार विकलाई सोही होटलको माथिल्लो तलामा बसेका राणा र महराले बोलाएर धम्क्याएको आरोप आरोप छ ्र विकले उनिहरुले बोलाएपछि आफु उनिहरु बसेको कोठामा गएको र त्याहाँ जाँदा मदिराले मातिएका शसस्त्रका महराले आफु जनयुद्धको समेत सफल कमाण्डर भएकाले धेरै माओवादी मारेको र आफुलाई पनि विचार गर्न चेतावनी दिएको आरोप लगाए । बिकले महरासँगै रहेका सेनाका क्याप्टेन राणाले पनि महराको वोलीमा साथ दिएका थिए । निर्वाचन सुरक्षामा परिचालन भएका सुरक्षा अधिकारीले ने उम्मेदवारलाई धम्कि दिएपछि चुनाबी प्रचार,प्रसारमा संलग्न माओबादी कार्यकर्ताहरु आक्रोशित बनेका छन् ।

उक्त घटनाबारे आफुलाई प्रारम्भिक जानकारी आएको शसस्त्र प्रहरी बलबाट डोटीको नेतृत्व गरिरहेका डिएसपी दिपक कुँवरले बताए । कँवरले भने ‘घटनाबारे जानकारी प्राप्त भएको छ, छानविनका लागी डिएसपी सापको नेतृत्वमा बडीमालीका गुल्म अत्तरियाबाट टोली आउने क्रममा छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *