बिहीबारका मन्त्रिपरिषद बैठकका निर्णय

भक्तपुर न्यूज

८ असार २०७४ १२:४४

बिहीबारका मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं, ८ असार । सरकारले काठमाडौं–निजगढ दू्रतमार्ग निर्माणका लागि कार्यविधि बनाएको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सिंहदरबारमा विहिबार बसेको मन्त्रीपरिषद बैठकले काठमाडौं–निजगढ दु्रतमार्ग निर्माणका लागि तयार पारिएको कार्यविधि अनुमोदन गरेको हो । दू्रतमार्ग निर्माण कार्य छिटो सम्पन्न हुनेगरी कार्यविधि तयार पारिएको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।  स्वदेशी लगानीमै सम्पन्न गर्नेगरी सरकारले काठमाडौं–निजगढ दू्रतमार्ग निर्माण गर्ने जिम्मेवारी नेपाली सेनालाई दिईसकेको छ ।

सरकारले स्वास्थ्य मन्त्रालयको सचिवमा किरण रेग्मीलाई नियुक्त पनि गरेको छ । त्यसैगरी न्यायाधिश बाबुराम रेग्मीलाई विशेष अदालतको सदस्यमा नियुक्त गरिएको छ । मन्त्रीपरिषद बैठकले एशीयाली विकास बैंकले उपलब्ध गराउने १ सय ५० मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहायता लिने स्विकृति पनि दिएको छ ।  अर्थमन्त्री कार्कीले आर्थिक सहायता रकम खर्चबारे विस्तृत योजना बनाउन अर्थ मन्त्रालयका सहसचिव नेतृत्वको कार्यदल नै बनाइएको जानकारी पनि दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *