वेस्ट ह्यामलाई युरोपा कन्फरेन्स लिगको उपाधि

भक्तपुर न्यूज

२५ जेठ २०८० ५:५८

वेस्ट ह्यामलाई युरोपा कन्फरेन्स लिगको उपाधि

काठमाडौं । इंग्लिस क्लब वेस्ट ह्याम युनाईटेडले युरोपा कन्फरेन्स लिगको उपाधि जितेको छ ।

बुधबार राति भएको फाइनलमा इटालियन क्लब फियोरेन्टिनालाई २-१ गोल अन्तरले हराउँदै वेस्ट ह्याम विजयी भएको हो।

खेलको ६२ औं मिनेटमा सेद बेन्रह्माले पेनाल्टीमार्फत गोल गर्दै वेस्ट ह्यामलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ६७ औं मिनेटमा जियाकोमा बोनाभेन्तुराले गोल गर्दै फियोरेन्टिनालाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ९० औं मिनेटमा जारोड बोवेनले गोल गर्दै वेस्ट ह्यामलाई २-१ को जित दिलाए ।

वेस्ट ह्यामले ४३ वर्षपछि मुख्य उपाधि जितेको हो ।

यस उपाधिसँगै वेस्ट ह्यामले आगामी सिजनको युरोपा लिगमा समेत स्थान पक्का गरेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय