कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

भक्तपुर न्यूज

२१ जेठ २०८० ११:२७

कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । कैलालीमा मोटरासाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। टीकापुर नगरपालिका-७ मा से ४ प ५८८२ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको हो।

मृत्यु हुनेमा भजनी नगरपालिका-८ सोनाफाँटाका ६० वर्षीय सोमैया चौधरीको रहेको प्रहरीले जनाएको छ। शुक्रबार राति ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको हो। घटनापछि मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मितिः २०८० जेठ २१ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय