ग्याँस आपूर्ति ठप्प पार्ने चेतावनी

भक्तपुर न्यूज

८ असार २०७४ ५:३०

ग्याँस आपूर्ति ठप्प पार्ने चेतावनी

काठमाडौं, ८ असार । नेपाल एलपि ग्याँस उद्योग संघले आफना माग पुरा गर्न आयाल निगमलाई अल्टिमेटम दिएको छ। गत फागुनमा व्यवसायीहरुले राखेका मागहरु यहि असार १५ गतेभित्र पुरा गर्न संघले निगमलाई अल्टिमेटम दिएको हो ।
आयल निगमले स्वीकृत गरेर निर्माण भइसकेका ग्यास बुलेटहरु तत्काल संचलनमा ल्याउने वातावरण बनाउन उनीहरुले आयल निगमको ध्यानाकर्षण गराएका छन् । गएको असरदेखि हालसम्म ७७५ थान बुलेटको लागी नेपाली ग्याँस उद्योगहरुलाई स्वीकृति प्रदान गरिएको र करिव ४०० थान नेपाली बुलेटहरु निर्माटा भएपनि भारतीय एक्स्कुलिसिभ प्रमाण पत्र प्राप्त हुन नसक्दा करिव ९ महिना देखि भारतमै थन्किएको उनीहरुले बताएका छन् ।
हाल ३ अर्बको लगानी रहेको अझै छ अर्ब रुपैया लगानी हुने क्रममा रहेपनि लगानी अलपत्र परेको संघको गुनासो रहेको छ । संघले विज्ञप्ती जारी गरी नेपाल आयल निगमको नीति अनुरुप नेपाली ग्याँस उद्योगहरुले ढुुवानीका लागि नेपाली नम्बरका बुलेट आयात र निर्माण भएका कारण २०१७ नोभेम्बर महिना पश्चात भारतीय ग्याँस ढुवानी कम्पनीबाट ग्याँस ढुवानी नगर्ने सहमति भैसकेको भएपनि हालसम्म त्यसको सहजीकरण नगरिएको बताइएको छ ।
तत्काल १७ बुँदे माग पुरा गर्नुका साथै नेपाली नम्बरका बुलेट संचालनार्थ समाधानका लागी आवश्यक पहल गर्न सम्बन्धित निकायहरुमा गम्भिर ध्यानाकर्षण गराईन्छ विज्ञप्तीमा भनिएको छ । संघले आफना माग तोकिएको समयसम्म पुरा नभएर असार १६ गते पछि बाध्यात्मक रुपमा ग्याँस उद्योगहरुबाट आपूर्ति हुन नसक्ने पनि जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *