कर फरछ्यौट आयोगका अध्यक्ष र सदस्य फरार
काठमाडौं, ८ असार । कर फरछ्यौट आयोगका अध्यक्ष र सदस्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित हुन अस्वीकार गरेका छन् । अख्तियारले उनीहरुलाई देखेमा खबर गर्न भन्दै सार्वजनिक सूचना निकालेको छ ।
अख्तियारले आयोगका सदस्य सचिव एवं राजश्व अनुसन्धान विभागका प्रमुख चुडामणि शर्मालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । साथै अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई पनि आयोगमा उपस्थित हुन पत्र काटेको थियो ।
तर, महत र ढकाल अख्तियारमा हाजिर भएका छैनन् । उनीहरु फरार छन् । अख्तियारले आज सूचना निकालेर उनीहरुलाई भेटे आयोगको हटलाइन १०७ मा वा प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
९ जेठ २०८२ १२:२२
अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीको हत्या
९ जेठ २०८२ १२:२०
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
९ जेठ २०८२ १२:२४
आज सुन तोलामा १७ सय रुपैयाँ वृद्धि
९ जेठ २०८२ १२:२५