सहकारीको रकम हिनामिना गरेको आरोपमा अध्यक्षसहित ६ जना पक्राउ

भक्तपुर न्यूज

१८ जेठ २०८० ८:५५

सहकारीको रकम हिनामिना गरेको आरोपमा अध्यक्षसहित ६ जना पक्राउ

काठमाडौं । सहकारीमा बचतकर्ताले जम्मा गरेको करोडौं रकम हिनामिना गरेको आरोपमा काठमाडौंस्थित एक सहकारीका कार्यकारी अध्यक्षसहित ६ जना पदाधिकारीहरु पक्राउ परेका छन् ।

काठमाडौंस्थित् बुढानिलकण्ठमा रहेको श्री एकता वुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कार्यकारी अध्यक्षसहित ६ जना पदाधिकारीहरु ८ करोड १८ लाख भन्दा धेरै रकम हिनामिना गरेको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको हो ।

पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–९ बस्ने ७२ वर्षीय भानुकुमार शर्मा, ६७ वर्षीय प्रमोदकुमार न्यौपाने, ५० वर्षीय सोमलाल श्रेष्ठ, ५२ वर्षीय वीरबहादुर तामाङ, ३४ वर्षीय शम्भु कार्की र गोरखा पालुङटार नगरपालिका–७ का ५८ वर्षीय रामकुमार श्रेष्ठ रहेका ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए।

उक्त संस्थामा बचतकर्ता बाट सङ्कलन गरेको निक्षेपलाई नीजि प्रयोगमा खर्च गरेर करोडौंको हिनामिना गरेको बचतकर्ताको आरोप छ ।

प्रकाशित मितिः २०८० जेठ १८ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय