सुनको मूल्य बढ्यो
काठमाडौं, ७ असार । सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ५४ हजार १ सय रुपैयाँ रहेको सुन आज १ सय रुपैयाँले बढेर ५४ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन ७ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज पनि ७ सय ४० मा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
