भोली शेयर बजारका साथै बीमा र बैंकिङ सेवा बन्द रहने

भक्तपुर न्यूज

१४ जेठ २०८० ८:३२

भोली शेयर बजारका साथै बीमा र बैंकिङ सेवा बन्द रहने

काठमाडौं । सरकारले भोलि जेठ १५ गते सोमबार सार्वजनिक विदा हुने भएको छ । भोलि गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको हो ।

हरेक वर्ष सरकारले गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिँदै आएको छ । भोलि सार्वजनिक बिदा भएसँगै बीमा कम्पनी, शेयर बजारका साथै बैंक तथा वित्तीय संस्था लगायतका कार्यालयहरु बन्द रहनेछन् ।

प्रकाशित मितिः २०८० जेठ १४ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय