ढाकाकुमारले रास्वपाविरुद्ध दायर गरेको मुद्दामाथि सर्वोच्चमा सुनुवाइ सुरू

भक्तपुर न्यूज

१० जेठ २०८० ९:२१

ढाकाकुमारले रास्वपाविरुद्ध दायर गरेको मुद्दामाथि सर्वोच्चमा सुनुवाइ सुरू

काठमाडौं । पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)विरुद्ध अदालतमा दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाइसँग रकम लेनदेनको आरोपमा सांसद पदबाट हटाउने रास्वपाको केन्द्रीय समिति र अनुशासन समितिको निर्णय बदर गर्न माग गर्दै दायर रिटमा सर्वोच्चका न्यायाधीशद्धय नहकुल सुवेदी र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाइ सुरु भएको हो ।

श्रेष्ठ र प्रसाइबीचको रकम लेनदेनको अडियो बाहिरिएपछि रास्वपाले श्रेष्ठलाई सांसदबाट हटाएर बिन्दाबासिनी कंसाकरलाई सांसद् बनाउने निर्णय गरेर निर्वाचन आयोगमा पत्र पठाएको थियो ।

रास्वपाको पत्र अनुसार निर्वाचन आयोगले कंसाकरलाई सांसद् निर्वाचित गरेर प्रमाणपत्र दिएकै दिन श्रेष्ठले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश तिलकुमार श्रेष्ठको एकल इजलासले कंसाकारलाई सांसद निर्वाचित गर्ने निर्वाचन आयोगको निर्णय तत्काल यथास्थितीमा राख्ने आदेश दिएको थियो ।

आजको सुनुवाइले मुद्दा खारेजी गर्ने कि निरन्तर सुनुवाइ गर्ने भन्ने टुंगो लाग्नेछ ।

प्रकाशित मितिः २०८० जेठ १० बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय