क्रिकेट विश्वकप छनोटमा जिम्बावे र वेस्टइण्डिजसँगै नेपाल समूह ‘ए’ मा

भक्तपुर न्यूज

९ जेठ २०८० ९:२८

क्रिकेट विश्वकप छनोटमा जिम्बावे र वेस्टइण्डिजसँगै नेपाल समूह ‘ए’ मा

काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपाल वेष्टइण्डिज र जिम्बावे रहेको समूहमा परेको छ । आईसीसीले आज गरेको ड्र अनुसार नेपाल, वेष्टइण्डिज, जिम्बावे, नेदरल्याण्ड्स र अमेरिका समूह ‘ए’मा परेका हुन् ।

समूह बीमा भने श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई छन् । छनोट प्रतियोगिता आगामी जुन-जुलाईमा जिम्बावेमा हुँदैछ । लिग चरणको खेलपछि दुवै समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन्

सुपर सिक्समा पर्ने टिमले एक अर्काविरुद्ध खेलेपछि शीर्ष २ टिम छनोट प्रतियोगिताको फाइनलमा पुग्दै आउँदो वर्ष भारतमा हुने विश्वकपमा छनोट हुने छन् ।

प्रकाशित मितिः २०८० बैशाख ०९ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय