गोलाप्रथाबाट भूकम्पपीडितलाई उपलब्ध गाराउँदै ट्याक्सी

भक्तपुर न्यूज

६ असार २०७४ ७:०४

गोलाप्रथाबाट भूकम्पपीडितलाई उपलब्ध गाराउँदै ट्याक्सी

काठमाडौं ६ असार । भूकम्प अतिप्रभावित १४ जिल्लाका भूकम्पपीडितले भोलि असार ७ र ८ र ९गते पन्ध्रसय थान ट्याक्सीको नम्बर प्लेट पाउने भएका छन् ।
ट्याक्सीका लागि आवेदन दिएकामध्येबाट गोला प्रथामार्फत १५ सय जनालाई ट्याक्सीको प्लेट दिइनेछ । जिल्लागत रुपमा छुट्याएर तीन दिन लगातार गोलाप्रथा गर्न लागिएको हो । आवेदकमध्येबाट भाग्यसाली १५ सय जना पीडितले स्वरोजगरीका लागि ट्याक्सीको नम्बर प्लेट पाउनेछन् ।

बितेको साउन ५ देखि भदौ ५ सम्म एक लाख ४९ हजार पाँच सय ५८ भूकम्पपीडितले ट्याक्सीका लागि आवेदन दिएका थिए । विभागले ट्याक्सीको नम्बर प्लेट मात्रै उपलब्ध गराउने र ट्याक्सी खरिदमा कुनै सहुलियत वा अनुदान नदिइने जनाएको छ । सरकारले भूकम्पपीडितहरुलाई लक्षित गर्दै काठमाडौंमा १५ सय नयाँ ट्याक्सी वितरण गर्ने निर्णय गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *