‘पार्टीका मान्छे भ्रष्टाचारी हुनसक्छ तर पार्टी भ्रष्टाचारी हुन सक्दैन’ : गगन थापा

भक्तपुर न्यूज

३ जेठ २०८० ८:५८

‘पार्टीका मान्छे भ्रष्टाचारी हुनसक्छ तर पार्टी भ्रष्टाचारी हुन सक्दैन’ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका जो-कोहीलाई पनि कारबाही गर्नबाट पछि हट्नु नहुने बताएका छन्।

बुधबार काठमाडौँमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले नक्कली भूटानी शरणार्थी प्रकरणमा कांग्रेस पार्टीबाट नाम जोडिएका नेता बालकृष्ण खाँणलाई पार्टीले तत्काल निलम्वन गर्नुपर्ने माग राखे।

उनले अनुसन्धानमा पार्टी जोडिनु नहुने र अनुसन्धानबाट दोषी ठहरिए सबैलाई कारबाही हुनुपर्ने बताए। महामन्त्री थापाले नक्कली भूटानी शरणार्थी प्रकरण राष्ट्रबिरुद्धको अपराध भएको उल्लेख गरे।

उनले भने, ‘नेता मुछिसकेपछि विधिको शासन भएको ठाउँमा कानुनी प्रक्रियालाई सबैले विश्वास गर्नुपर्छ। अनुसन्धानबाट दोषी ठहरिन्छ भने बकाइदासँग दोषीले सजाय पाउनुपर्छ। यो खालको राष्ट्रबिरुद्धको अपराध राजद्रोहमा अनुसन्धान निष्पक्ष हुनुपर्छ, जोजो मुछिन्छ सबैलाई कारबाही हुनपर्छ। त्यसमा दायाँबायाँ केही पनि हुनुहुँदैन। गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्नुहुँदैन। पार्टीका मान्छे भ्रष्टाचारी हुनसक्छ तर पार्टी भ्रष्टाचारी हुन सक्दैन। अहिले तत्कालै पार्टीले उहाँलाई निलम्वन गरी आफूबाट अलग राख्नुपर्छ। अनुसन्धानमा कतै पनि पार्टी कतै पनि देखिनु हुँदैन। जोसुकैमाथि जरा जहाँसम्म पुगेको भएपनि त्यो ठाउँसम्म कारबाही हुनुपर्छ।’

महामन्त्री थापाले लोक रिजाइँको राजनीति हाबी भएको भन्दै मानिसलाई उचाल्ने काम भइरहेको बताए। उनले कांग्रेसलाई अब नेताबाट नागरिकमा फर्काउनुपर्ने आवश्यकता रहेको पनि उल्लेख गरे।

प्रकाशित मितिः २०८० जेठ ०३ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय