निर्वाचन चिह्न आज प्रदान गरिदैं

भक्तपुर न्यूज

६ असार २०७४ ५:५३

निर्वाचन चिह्न आज प्रदान गरिदैं

काठमाडौ, ६ असार । असार १४ गते बुधबार दोस्रो चरणमा निर्वाचन हुने प्रदेश नं १, ५ र ७ का ३३४ स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएकालाई आज निर्वाचन चिह्न प्रदान गरिदैंछ ।
निर्वाचन आयोगका अनुसार असार ४ गते उम्मेदवारी दिएका तर नाम फिर्ता लिन चाहनेलाई आज बिहान ८ बजेदेखि ११ बजेसम्मको समय प्रदान गरिएको छ भने ११ बजेदेखि साढे ११ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
यसैबीच, स्थानीय तह निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका उम्मेदवारहरुमध्ये हालसम्म ६२ हजार ९२६ को विवरण प्राप्त भएको निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्रले जनाएको छ । दोस्रो चरणको निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *