टि–२० विश्वकप एसिया छनोट नेपालमा हुने

भक्तपुर न्यूज

३१ वैशाख २०८० १०:३७

टि–२० विश्वकप एसिया छनोट नेपालमा हुने

काठमाडौं । आगामी वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने आईसीसी ट्वान्टी–२० विश्वकपको एसिया छनोट प्रतियोगिता नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दूर्गाराज पाठकले प्रतियोगिताको एसिया छनोट आयोजनाको अधिकार आईसीसीले नेपाललाई दिएको बताए ।

नेपालमा हुने छनोट प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमध्ये नेपालसँगै बहराइन, युनाइटेड अरब इमिरेट्स (यूएई), ओमान, सिंगापुर र हङकङ गरी ६ टिमको टुंगो लागिसकेको छ । बाँकी दुई टिम भने क्वालिफायरबाट छानिने छन् ।

ट्वान्टी–२० विश्वकपको इतिहासमै पहिलोपटक २० टिमले खेल्न लागेको प्रतियोगितामा १२ टिमको टुंगो लागिसकेको छ । बाँकी रहेका आठ टिम भने महादेशस्तरीय छनोट प्रतियोगिताबाट विश्वकपका लागि छनोट हुनेछन् । जसअनुसार एसिया, युरोप र अफ्रिकाबाट समान दुई टिम छनोट हुँदा अमेरिका र इस्ट एसिया प्यासिफिकबाट एक–एक टिम छनोट हुने छन् ।

प्रकाशित मितिः २०८० बैशाख ३१ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय