बालकृष्ण खाँणलाई चार दिन थुनामा राख्न अदालतको अनुमति

भक्तपुर न्यूज

२७ वैशाख २०८० ११:०८

बालकृष्ण खाँणलाई चार दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवम पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई थुनामा राख्न अदालतले अनुमति दिएको छ । बबरमहलस्थित जिल्ला अदालत काठमाडौंले बुधबार बिहान आफ्नै निवासबाट पक्राउ परेका खाँणलाई अनुसन्धानका लागि ४ दिन थुनामा राख्न अनुमति दिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौं‌बाट दिउँसो उनलाई वीर अस्पतालमा लगी स्वास्थ्य परीक्षण गरेर सरकारी वकिलको कार्यालयमा पुर्‍याइएको थियो । त्यसपछि उनलाई अदालतमा उपस्थित गराइएको थियो ।

बुधबारै खाणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । उक्त घटनामा आरोपित १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । यसअघि मङ्गलबार काठमाडौँको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको थियो ।

त्यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भन्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पनि पक्राउ गरिसकेको छ ।

उक्त घटनामा आरोपित नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ । जिल्ला प्रहरी परिसरले उनीविरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मितिः २०८० बैशाख २७ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय