एमालेका सचिव रायमाझीको घरमा प्रहरीको खानतलासी

भक्तपुर न्यूज

२६ वैशाख २०८० ११:१८

एमालेका सचिव रायमाझीको घरमा प्रहरीको खानतलासी

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी प्रकरणमा संलग्न रहेको भनिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले खानतलासी गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं टोलीले ललितपुरको सातदोबाटोस्थित रायमाझीको घरमा खानतलासी गरेको हो। पक्राउ पूर्जी जारी भएको १ साता बित्न लाग्दा पनि रायमाझी भने फरार छन्।

प्रकाशित मितिः २०८० बैशाख २६ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय