भारतको मध्यप्रदेश खरगोनमा बस पुलबाट खस्दा १५ जनाको मृत्यु

भक्तपुर न्यूज

२६ वैशाख २०८० ९:०५

भारतको मध्यप्रदेश खरगोनमा बस पुलबाट खस्दा १५ जनाको मृत्यु

काठमाडौं । भारतको मध्यप्रदेशको खरगोनमा यात्रु बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । खरगोनमा पुलको रेलिङ भत्काउँदै बस खोलामा खसेको हो । दुर्घटनामा २५ जना यात्रु घाइते भएका खरगोनका एसपी धर्मवीर सिंहले जानकारी दिएको छ । घाइतेलाई तत्काल उद्धार गरी जिल्ला अस्पतालमा भर्ना गरिएको छ । बस दुर्घटनाको कारण खुलेको छैन ।

मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले मृतकका परिवारलाई प्रतिव्यक्ति ४ लाख तथा गम्भीर घाइतेलाई ५० हजार र सामान्य घाइतेलाई २५ हजार भारतीय रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेको छ ।

प्रकाशित मितिः २०८० बैशाख २६ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय