राष्ट्र बैंकले ३० अर्बको ट्रेजरी बिल जारी गर्दै

भक्तपुर न्यूज

२५ वैशाख २०८० ९:४०

राष्ट्र बैंकले ३० अर्बको ट्रेजरी बिल जारी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकिङ प्रणालीमा तरलता अभावलाई न्यूनिकरण गर्न राष्ट्र बैंकले ३० अर्ब १८ करोड रुपैयाँ बजारमा प्रवाह गर्न लागेको हो । जसमध्ये १२ अर्ब रूपैयाँ नयाँ ट्रेजरी बिल्स जारी हुन लागेको हो ।

बैंकले २८ दिन, ९१, १८२ र ३६४ दिनको लागि ट्रेजरी बिल्स जारी गर्न लागेक हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले अनलाइन माध्यमबाट बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकले २८ दिनको लागि ३ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको छ । जुन २०८० साल जेठ २३ गते परिपक्क हुने छ ।

९१ दिनको लागि १२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० साउन २३ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको लागि ९ अर्बको जारी गर्न लागेको छ । जुन २०८० साल कार्तिक २१ गते परिपक्क हुनेछ । ३६४ दिनको लागि ६ अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०८१ वैशाख २५ गते परिपक्व हुनेछ ।

प्रकाशित मितिः २०८० बैशाख २५ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय