प्रधानमन्त्री देउवा बालुवाटार सरे
काठमाडौं, ५ असार । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सरेका छन् । गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि पनि बूढानीलकण्ठस्थित आफ्नै निजी निवासमा बस्दै आएका देउवा आज बिहान बालुवाटार सरेको पारिवारिक स्रोतले जनाएको छ ।
प्रधानमन्त्री देउवालाई सरकारी निवास सर्न ज्योतिषीले आज बिहान ५ः२२ बजेको उत्तम साइत जुराइदिएपछि सोहीअनुसार नै उनी बिहानै पूजापाठ गरी सरेका हुन् । जेठ २४ गते प्रधानमन्त्री पदको शपथ पनि उनले ज्योतिषीले जुराइदिएको साइतको समयमा नै लिएका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
