सम्पत्ति छानबिन माग गर्दै सांसद सिंहविरुद्ध अख्तियारमा उजुरी

भक्तपुर न्यूज

२५ वैशाख २०८० ८:३४

सम्पत्ति छानबिन माग गर्दै सांसद सिंहविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार अनुसन्धान दुरुपयोग आयोगमा उजुरी परेको छ। सर्लाही जिल्लाका विकास ठाकुरले अमरेशको सम्पत्ति छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी दिएका हुन्।

ठाकुर नेपाली कांग्रेसका सर्लाहीका जिल्ला सदस्य हुन्। उजुरीमा ठाकुरले पदीय शक्ति दुरुपयोग गर्दै भ्रष्टाचार गरेको आरोप लगाएका छन्।सर्लाहीबाट आर्थिक चलखेलले पटक-पटक निर्वाचित हुँदा पनि त्यस क्षेत्रको समृद्धिका लागि कुनै पहल नगरेको र आफू र आफ्ना नजिकका आफन्तलाई पोस्ने कार्य गरेको आरोप उनलाई लगाइएको छ।

यता, उनै सांसद् अमरेशले आजको प्रतिनिधिसभा बैठकमा आफूले लगाएको लुगा फुकालेका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा बोल्न भनी समय माग्दा नपाएको भन्दै उनले सभामुख देवराज घिमिरेसमक्ष आफूले लगाएको सर्ट र ग‍न्जी खोलेर विरोध गरेका हुन्।

  

प्रकाशित मितिः २०८० बैशाख २५ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय