महिलाले मात्रै तानेर इटिटोल पुर्‍याए राताे मच्छिन्द्रनाथको रथ

भक्तपुर न्यूज

२५ वैशाख २०८० ८:१२

महिलाले मात्रै तानेर इटिटोल पुर्‍याए राताे मच्छिन्द्रनाथको रथ

काठमाडौं । आज राताे मच्छिन्द्रनाथको रथ महिलाले मात्रै तानेर लगनखेलको इतिटोलमा पुर्याइएकाे छ । रथयात्राको क्रममा हरेक वर्ष नरीवल खसाल्ने जात्राको भोलिपल्ट महिलाहरुले मात्रै रथ तान्नु पर्ने परम्परा (याक मिसाया भुज्या) अनुसार आज बिहान महिलाहरुले रथ तानेर इतिटोल पुर्याएका हुन् ।

रातो मच्छिन्द्रनाथको कुलेदवी पूजा आउँदो २८ गते गरिने भएको छ । हिजो नरीवल खसाल्ने जात्राको दिन बाराही गुथियार, गुथि संस्थानका प्रतिनिधिसहितको टोलीले कूलदेवीको पूजाको साइत हेर्नु पर्ने परम्परा अनुसार आउँदो २८ गतेका लागि साइत निकालेको बाराही नाइके दिलकुमार बाराहीले बताए ।

कुलदेवी पूजा ४ दिनसम्म गर्ने गरिन्छ । मच्छिन्द्रनाथको कुलदेवी भनेर गाबहालमा रहेको पूर्णचण्डीलाई पूजा गरिन्छ । कुलदेवीको पूजाको दिन अर्थात् वैशाख २८ गते नै रथलाई लगनखेलबाट जावलाखेलसम्म तान्नको लागि साइत हेर्ने गरिन्छ ।

रथ जावलाखेलमा पुर्याएको चार दिनमा भोटो देखाउने गरिन्छ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई पनि खटमा राखेर टंगल लगिनेछ । याेसँगै यसवर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिने छ ।

प्रकाशित मितिः २०८० बैशाख २५ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय