धनुषामा पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु
धनुषा । धनुषामा पोखरीमा डुबेर एकै घरका दुई बालकको ज्यान गएको छ। जनकपुरधाम उपमहानगरपालिका–२४ बस्ने अलिहसन अन्सारीका जुम्ल्याहा छोरा नौ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारीको पोखरीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हिजो बेलुका जनकपुर–२४ बसहियामा रहेको गोगलप्रसाद नमूना मावि अगाडि रहेको पोखरीमा नुहाउने क्रममा उनीहरु डुबेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदप्रसाद गौतमले जानकारी दिए ।
प्रकाशित मितिः २०८० बैशाख २४ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
