लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट वैशाख २८ गतेदेखि हुँदै

भक्तपुर न्यूज

२४ वैशाख २०८० ९:५२

लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट वैशाख २८ गतेदेखि हुँदै

काठमाडौं । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ट्राभल मार्ट हुँदैछ । नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दोस्रो संस्करणको ‘बुद्धिष्ट इन्टरनेश्नल ट्राभल मार्ट’ अर्थात ‘बीआईटीएम’ गर्न लागेको हो । यसअघि सन् २०१९ मा पहिलोपटक बीआईटीएम भएको थियो ।

बैशाख २८ गतेदेखि सुरु हुने मार्टमा झण्डै ४० देशका पर्यटनविद्, व्यवसायी तथा टूर अपरेटर सहभागी हुने बीआईटीएमका संस्थापक तथा नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईंले जानकारी दिए ।

उनका अनुसार बैशाख २८ गतेदेखि सुरु हुने मार्ट वैशाख ३० गतेसम्म चल्नेछ । यो कार्यक्रमले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन ठूलो भूमिका खेल्ने गुरागाईंको भनाई छ ।

प्रकाशित मितिः २०८० बैशाख २४ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय