चालू आर्थिक वर्षमा चुइगम आयातमा मात्रै बाहिरियो ४१ करोड

भक्तपुर न्यूज

२३ वैशाख २०८० ७:३१

चालू आर्थिक वर्षमा चुइगम आयातमा मात्रै बाहिरियो ४१ करोड

काठमाडौं । चालू आर्थिक वर्षमा विदेशबाट चुइगम आयातमा ४१ करोड रुपैयाँभन्दा धेरै रकम बाहिरिएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू वर्षको ९ महिनाको अवधिमा ४१ करोड १७ लाख रुपैयाँ बराबरको चुइगम आयात भएको हो ।

साउनदेखि चैत महिनासम्मको यस अवधिमा १२ लाख ५१ हजारभन्दा धेरै किलो चुइगम आयात भएको छ । यसबापत आयातकर्ताले राज्यलाई ३३ करोड ११ लाख रुपैयाँ राजश्व तिरेका छन् ।

नेपालमा विश्वका ६ वटा देशबाट चुइगम आयात हुँदै आइरहेको छ । जर्मनी, भारत, टर्की, अमेरिका र बेलायत तथा नाम नखुलेको देशबाट समेत चुइगम आउने गरेको छ । भारतबाट सबैभन्दा धेरै ४० करोड २२ लाख रुपैयाँको चुइगम भित्रिँदा अमेरिकाबाट ३७ लाख ६५ हजारको चुइगम भित्रिएको छ ।

यस्तै, बेलायतबाट ५ लाख ४२ हजारको चुइगम आयात भएको छ भने टर्कीबाट ४१ लाख ६४ हजार रुपैयाँको चुइगम आयात भएको छ । यस्तै, नाम नखुलेको स्थानबाट १० लाख ७६ हजार रुपैयाँको चुइगम आयात हुँदा जर्मनीबाट १६ हजारको चुइगम भित्रिएको तथ्याङ्क छ ।

यस्तै, ९ महिनाको अवधिमा नेपालबाट समेत चुइगम निर्यात भएको छ । यो अवधिमा नेपालबाट १० लाख ९२ हजार रुपैयाँ बराबरको १३ लाख ९७ हजार किलोग्राम चुइगम निर्यात भएको छ । नेपालबाट निर्यात भएको सम्पूर्ण चुइगम भारततर्फ गएको छ ।

प्रकाशित मितिः २०८० बैशाख २३ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय