भक्तपुरमा विवाहको मिति तय भएकी सुस्मिता मृत फेला

भक्तपुर न्यूज

२१ वैशाख २०८० १०:४६

भक्तपुरमा विवाहको मिति तय भएकी सुस्मिता मृत फेला

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डुकी २४ वर्षीया युवती मृत फेला परेकी छिन् ।

बैशाख २८ मा विवाहको मिति तय भएकी २४ वर्षीया सुस्मिता खड्का मृत फेला परेकी हुन् ।

उनको शव बिहीबार आफ्नै घरको फलामे भर्‍याङमा नाइलनको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको एसपी प्रजित केसीले जानकारी दिए ।

उनको साथबाट ‘सुसाइड नोट’ भेटिएको भक्तपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः २०८० बैशाख २१ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय