एजेन्सी, ४ असार । आइसिसी च्याम्पियन्स ट्रफी २०१७ क्रिकेटको फाइनलमा सुरु भएको छ । फाइनल खेल क्रिकेटका दुई प्रतिस्पर्धी देश भारत र पाकिस्तानले खेल्दै छन् ।
इंग्ल्याण्डको ओभल मैदानमा भारतले टस जितेर फिल्डिङ रोजेपछि पाकिस्तानले ब्याटिङ थाल्दै छ ।
प्रतियोगिताको समूह चरणमा पाकिस्तान भारतसँगै पराजित भएपनि दक्षिण अफ्रिका, श्रीलंका र इंग्ल्याण्डलाई हराउँदै फाइनल पुगेको हो । भारत च्याम्पियन्स ट्रफीको फाइनलमा चौथोपटक पुगेको हो भने पाकिस्तान पहिलोपटक प्रतियोगिताको फाइनल खेल्न लागेको हो । पाकिस्तानले सन् २००९ यता भारतलाई हराउन सकेको छैन ।
आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल खेल सुरु
0
Share.
Comments